काठमाडौं। नेपाली बजारमा बिहीबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार छापावाल सुन तोलाको ५ सयले घटेर तोलाको २ लाख १४ हजार २ सयमा कारोबार भइरहेको छ। यसअघि बुधबार सुन तोलाको २ लाख १४ हजार ७ सयमा कारोबार भएको थियो।
यस्तै, आज चाँदीको मूल्य भने स्थिर छ । चाँदी तोलाको २ हजार ५ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।