काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी चीन भ्रमणका क्रममा लिपुलेकसँग सम्बन्धित विषयलाई उठाउने बताएका छन्।
शुक्रबार संसद भवनमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले नेपालको भूमिमा भारत र चीनबीच व्यापार मार्ग सञ्चालनबारे छलफल हुने जानकारी दिएका छन्।
सञ्चारकर्मीको प्रश्नमा कि उच्चस्तरीय बैठकमा लिपुलेकको विषय उठ्ने हो कि भन्ने प्रश्नमा प्रधानमन्त्री ओलीले “अवश्य उठ्ने” प्रतिक्रिया दिएका छन्। उनी शनिबार चीन भ्रमणमा प्रस्थान गर्नेछन् र भ्रमणका क्रममा चीनका राष्ट्रपति सी जिन पिङसँग औपचारिक भेटवार्ता हुने तय भएको छ।