काठमाडौँ
००:००:००
२८ असार २०८३, आईतवार

१९ भाद्र २०८२
अ+
अ-

काठमाडौं। अर्जेन्टिनाका कप्तान लिओनल मेसीले आज आफ्नो अन्तिम विश्वकप छनोट खेल खेल्नेछन्।

३८ वर्षीय मेसीले ब्युनस आयर्सस्थित मोनुमेन्टल स्टेडियममा भेनेजुएलाविरुद्ध मैदानमा खेल्नेछन्। मेसीले यसलाई ‘निकै विशेष खेल’ बताउँदै भनेका छन् ‘यो मेरो अन्तिम छनोट खेल हो।’ यो खेलमा मेरो परिवारका सबै सदस्य यस खेलमा उपस्थित रहनेछन्।

अर्जेन्टिना पहिल्यै विश्वकपको लागि छनोट भइसकेको छ। दक्षिण अमेरिकी छनोटमा इक्वेडर र ब्राजिलले पनि विश्वकप स्थान सुनिश्चित गरिसकेका छन् भने उरुग्वे, कोलम्बिया र पेराग्वेबीच बाँकी दुई स्थानका लागि कडा प्रतिस्पर्धा चलिरहेको छ।

आजका अन्य खेलहरूमा पेराग्वे-इक्वेडर, उरुग्वे-पेरु, कोलम्बिया-बोलिभिया र ब्राजिल-चिली भिड्नेछन्। २०२६ को विश्वकप क्यानडा, मेक्सिको र संयुक्त राज्य अमेरिकामा हुनेछ।