काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

२१ भाद्र २०८२
अ+
अ-

काठमाडौं। नेपाल र बंगलादेशबीच आज पहिलो मैत्रीपूर्ण फुटबल खेल हुँदैछ। 

नेपाल र बंगलादेशबीचको खेल काठमाडौंस्थित दशरथ रंगशालामा बेलुका ५ः३० बजेदेखि सुरु हुनेछ। खेल इन्टरनेशनल विन्डोअन्तर्गत आयोजना गरिएको छ र नेपालले यसलाई आगामी एएफसी एसियन कप–२०२७ छनोटको तयारीको रूपमा लिएको छ।

नेपाल र बंगलादेशबीच अहिलेसम्म २४ अन्तर्राष्ट्रिय खेल भएका छन्। यसमा नेपालले १३ खेल जितेको छ भने बंगलादेशले ८ खेल आफ्नो पक्षमा पारेको छ। बाँकी ३ खेल बराबरीमा सकिएका थिए।

दोस्रो मैत्रीपूर्ण खेल भदौ २४ गते हुनेछ। दुई खेलपछि समग्र परिणामको आधारमा विजेता घोषणा गरिनेछ।