काठमाडौँ
००:००:००
३० असार २०८३, मंगलवार

२२ भाद्र २०८२
अ+
अ-

काठमाडौं।आज २०८२ साल भदौ २२ गते आइतबार। भाद्र शुक्ल पक्षको पूर्णिमा तिथि। तदनुसार सन् २०२५ सेप्टेम्बर ७ तारिख। खग्रास चन्द्रग्रहण देखिने छ। राति १० बजेर ११ मिनेटमा सुरु भएको चन्द्रग्रहण १ बजेर ४१ मिनेटमा सकिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। लागौं आजको राशिफलदेखि

मेष: आफन्त इष्टमित्र, दाजुभाईमा कसैबाट वैमनश्यता, शत्रूता पारिदिने सम्भावना बलियो छ। मन चञ्चल, गर्न खोजेका काममा रोकावट, स्वास्थ्य पनि त्यति भरपर्दो नरहने छैन। चोटपटक लाग्ने सम्भावना पनि छ। जुनसुकै काम गर्दा सतर्क रहनु आवश्यक छ।

बृष: समय मध्यम खालको छ। स्वास्थ्य राम्रो रहने छैन। आज टाढाको यात्रा गर्नु पनि उचित छैन। जुनसुकै काममा बिघ्नबाधा आउन सक्ने देखिन्छ। जति राम्रो काम गर्नुहोस्, आफैंलाई सन्तुष्टि नमिल्ने देखिन्छ।

मिथुन:समय शुभ रहनेछ, आम्दानीका नया स्रोत थपिंदै जानेछन्। पद र पैसाभन्दा प्रतिष्ठासंग गासिएका काममा लगानी हुन सक्नेछ। नया कार्ययोजना बनाउदा लाभ पाइने छ। सही सदुपयोग गर्न सके उच्चतम् लाभ हासिल गर्न सकिनेछ, समयको उपयोग गर्नुहोला।

कर्कट: आफन्त व्यक्तिसगै विवाद पर्ने सम्भावना छ। मानसिक चञ्चलपनले पेशागत हानी हुने सम्भावना बलियो छ। गर्न खोजेका काममा बिघ्नबाधा धेरै देखा पर्नेछन्। स्वास्थ्यले साथ नदिन पनि सक्छ। आज नया काम शुरु गर्न र टाढाको यात्रा गर्नु उचित छैन।

सिंह: मानसिक चिन्ता बढ्नेछ। आफ्ना आश्रित कर्मचारी, छोरा–छोरीबाट धोका खानु पर्नेछ। आम्दानीभन्दा खर्च नै ज्यादा हुने भएकाले सकेसम्म जोगिनु उचित हुनेछ। अनावश्यक रुपमा शत्रु बढ्ने हुनाले कसैसंग वादविवादमा लाग्नु पनि ठीक हुनेछैन। नाता पर्ने व्यक्तिबाट असहयोगको सामना गर्नुपर्नेछ।

कन्या:: समय राम्रै छ। गरेको परिश्रमको राम्रो लाभ पाइने छ। मानसिक शान्ति र आराम मिल्ने समय चलिरहेको छ। कामबाट फाइदा राम्रै पाइने देखिन्छ। आज तपाईं जे चाहनु हुन्छ त्यो काम बन्ने छ । समय शुभ छ।

तुला: स्वास्थ्य राम्रो रहनेछ। आम्दानी बढ्ने छ। कार्य तथा यात्रामा पनि सफल भइनेछ। समय शुभ समय रहेकाले धार्मिक कार्यमा लगानी हुन सक्नेछ। घरमा पारिवारिक सहयोग मिल्नेछ भने, महत्वपूर्ण काम बन्ने छ।

वृश्चिक: स्वास्थ्य एक्कासी बिग्रने अवस्था आइपर्नेछ । चिसोले दु:ख दिन सक्नेछ । मानसिक अशान्ति हुन सक्नेछ । यात्रामा संकट पर्न सक्ने भएकाले आज पूर्व दिशाको yatra नगर्नुहोला । शरीरको कुनै पनि भागमा दुख्ने वा चोट लाग्ने बलियो सम्भावना छ ।

धनु: आफूले सोचेका काममा भने जस्तो सफलता पाइने छैन। पुराना मित्रले व्यर्थैको विवाद र कुरा काट्नेछन्। अनावश्यक काममा खर्च हुनुबाट सतर्क रहनु होला। मानशिक असन्तुष्टिको अनुभव हुनेछ। समयमा खान नपाइने अथवा अगतिलो खाना सेवन गर्नुपर्ला।

मकर: स्वास्थ्य राम्रो रहनेछ। स्वास्थ्यले साथ राम्रै दिनेछ। काममा जागर बढ्नेछ, जागीर खाने ईच्छा भएमा प्रयास गर्नुहोस् सफलता मिल्ने छ। तपाईंले आटेका सबै काममा राम्रो सफलता, परिश्रम अनुसारको आर्थिक लाभ राम्रो पाउनु हुनेछl अनावश्यक काममा खर्च हुनुबाट सतर्क रहनु होला।

कुम्भ: जुनसुकै काममा विघ्नबाधा ज्यादा आइलाग्ने छन्। सबै प्रकारले सतर्क रहनु अति आवश्यक छ l धार्मिक कार्यमा मन जान सक्नेछ। आर्थिक कारोबार पनि भद्रगोल हुनसक्नेछ। व्यर्थ मानसिक तनाव, यात्रामा विघ्नबाधा, आफन्तसंग कलह हुनसक्ने समय पनि चल्दै छ।

मीन: आम्दानीका नँया श्रोत देखा पर्दै जानेछन्। आज जे काम गर्नुहुन्छ सुखैका साथ सम्पन्न हुनेछन्। सबै ईष्टमित्रले तपाईंलाई सहयोग गर्नेछन्। त्यसैले जे काम गर्नु छ तुरुन्तै थालनी गर्दा अत्यन्तै राम्रो हुनेछ। टाढाको यात्रा गर्नु उचित छैन।