काठमाडौँ
००:००:००
२९ असार २०८३, सोमबार

२९ असार २०८३
अ+
अ-

काठमाडौँ। अम्मान एसियाली क्याडेट तथा जुनियर जुडो च्याम्पियनसिपमा सहभागी हुने नेपाली टोली सोमबार जोर्डनको अम्मान प्रस्थान गरेको छ।

१६ देखि १९ जुलाईसम्म हुने प्रतियोगिताको पुरुष ६६ केजीमुनि विशेष विक तथा ६० केजीमुनि सविनकुमार दियालीले प्रतिस्पर्धा गर्नेछन्।

टिम व्यवस्थापकमा नेपाल जुडो संघका महासचिव प्रकाशचन्द्र पाण्डे तथा प्रशिक्षकमा कविराम घर्ती मगर छन्। त्यस्तै जुडो संघका अध्यक्ष एवं जेयूएका एजुकेसन डाइरेक्टर दीपकहर्ष वज्राचार्य पनि अम्मान गएका छन्।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्की कार्यकारी समितिकी सदस्य सिक्का सुवाल श्रेष्ठले सोमबारै एक कार्यक्रमबीच बिदाइ गरिन्।