काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

२३ भाद्र २०८२
अ+
अ-

काठमाडौं। सामाजिक सञ्जाल प्रतिबन्ध, भ्रष्टाचार र अव्यवस्थाविरुद्ध जेनजी पुस्ताले देशव्यापी विद्रोह सुरू गरेका छन्।

माइतीघरदेखि सुरु भएको प्रदर्शन निषेधित क्षेत्र तोडेर नयाँ बानेश्वरस्थित संसद् भवन पुगेका छन् । प्रदर्शनकारीले निषेधित क्षेत्र तोडेपछि प्रहरीले अश्रु ग्यास प्रहार गरेको छ । संसद् भवन नजिक पुगेका प्रदर्शनकारीलाई प्रहरीले तितरबितर पारेको छ । 

सबै पोखरा, बुटवल, दाङ, नेपालगञ्जलगायत प्रमुख सहरहरूमा पनि युवाहरू सडकमा उत्रिएका छन्। सुरक्षा बलले भिड नियन्त्रणको प्रयास गरिरहेका छन्।