काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

२३ भाद्र २०८२
अ+
अ-

जेन-जीले आयोजनाको गरेको प्रदर्शन हिंसात्मक बन्दा संसद भवन रहेको नयाँ बानेश्वर क्षेत्र रणमैदान बन्न पुगेको छ। संसद भवन नजिकै दिनभर जसो प्रदर्शनकारी र प्रहरीबीच घम्साघम्सी चलेको थियो। प्रहरी घम्साघम्सीका बीच प्रहरीले गोली प्रहार गरेपछि प्रदर्शन उग्र बन्न पुगेको थियो।

प्रदर्शनकारीहरुले प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए। त्यसैगरी, उनीहरुले संसद भवनको गेट नम्बर २ सडकमा आगो बालेका थिए। त्यसैगरी, उनीहरुले संसद भवनको दक्षिण पश्चिमतर्फको पर्खाल भत्काएका छन्। प्रदर्शनकारीले भवनको चारैतर्फ घेरा हालेर प्रदर्शन गरेका थिए। माइतिघरबाट शुरु भएको प्रदर्शन नयाँ बानेश्वरमा निषेधित क्षेत्र तोड्दै संसद भवनतर्फ अघि बढेको थियो।