काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

२५ भाद्र २०८२
अ+
अ-

काठमाडौं । सर्वोच्च अदालतले मुद्दाको पेसी अनिश्चितकालको लागि स्थगित भएको बताएको छ।

आन्दोलनकारीले भदौ २४ मा सर्वाेच्च अदालतमा आगो लगाइदिएका कारण मुद्दाको मिसिल, सर्भर र इजलास पूर्ण रुपमा जलेको हुँदा पेसी स्थगित गरिएको मुख्य रजिस्ट्रार विमल पौडेलले बताए।

पौडेलले हस्तलिखित सूचना जारी गर्दै आजको पेसी स्थगित भएको र भोलिदेखिका पेसी अर्को सूचना नभएसम्मको लागि स्थगित गरिएको बताएका हुन्।