काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

२५ भाद्र २०८२
अ+
अ-

काठमाडौँ। विमानस्थलका साथै काठमाडौँ उपत्यकाको आकाशमा धुँवाको मुस्लो बढेपछि मङ्गलबार अपराह्नदेखि बन्द रहेको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल आज साँझ ६ः०० बजेसम्म नखुल्ने भएको छ।

विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार अर्को निर्णय नभएसम्म विमानस्थलबाट सम्पूर्ण उडान बन्द गरिएको तर आपत्कालीन उडान र मेडिकल उडान भने सञ्चालन हुनेछन्। यसअघि आज मध्याह्न १२ः०० बजेसम्मका लागि विमानस्थल बन्द गर्ने निर्णय भएको थियो।