काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

२६ भाद्र २०८२
अ+
अ-

काठमाडौँ। सप्तरीको राजविराज स्थित जिल्ला कारागारबाट भाग्ने प्रयास गरिरहेका १९२ जना कैदीहरूलाई नेपाली सेनाले नियन्त्रणमा लिएको छ।

कञ्चनपुरको चाँदनीमा भारतीय सीमा सुरक्षा बलले भारततर्फ जाँदै गरेका ७ जना कैदीहरूलाई नियन्त्रणमा लिई नेपाली सेनालाई बुझाएको छ भने १ जना कैदीलाई स्थानीयले नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालयलाई बुझाएको र १२ जना कैदीहरू आफैँ कारागारमा हाजिर भएका छन् ।

रामेछाप स्थित जिल्ला कारागारमा कैदीहरूले बाहिर जान पाउनु पर्ने भन्दै गरेको झडपलाई नियन्त्रणमा लिनको लागि नेपाली सेनाले चलाएको गोली लग्दा १२ जना कैदी घाइते हुनुका साथै २ जनाको मृत्यु भएको छ ।

त्यसै गरी, काभ्रेपलान्चोक जिल्लाको बनेपा-९ स्थित नयाँ बस्तीमा फेला परेको शङ्कास्पद बस्तु नेपाली सेनाले सुरक्षित साथ डिस्पोज गरेको छ ।

हालसम्म ९४ नाल विभिन्न हतियारहरू बरामद भएको छ ।