काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

२९ भाद्र २०८२
अ+
अ-

काठमाडौं। काठमाडौं महानगरपालिकाले आइतबारदेखि विद्यालयमा शिक्षक तथा व्यवस्थापन पक्षलाई तयारी गर्न र भदौ ३० गते भोलि सोमबारदेखि कक्षा सुरु गर्न आह्वान गरेको छ।

शिक्षा विभागका निमित्त प्रमुख केशव ज्ञवालीका अनुसार विद्यालयमा क्षति भएको छ कि छैन भन्ने यकिन गर्न, अभिभावकसँग सम्पर्क गरेर विद्यार्थीको अवस्था बुझ्न र सुरक्षित रूपमा कक्षा सञ्चालन गर्न सूचनामार्फत निर्देशन दिइएको छ।

महानगरले सोमबारदेखि विद्यालयमा भौतिक रूपमा पठनपाठनसँगै मनोसामाजिक परामर्श दिन र अभिभावकसँग आउन–जान नसक्ने विद्यार्थीलाई श्रव्यदृश्य प्रविधिबाट पढाइमा सहभागी गराउनुपर्ने जनाएको छ।