काठमाडौँ
००:००:००
५ श्रावण २०८३, मंगलवार

३० भाद्र २०८२
अ+
अ-

काठमाडाैँ। नेपाली बजारमा आज सोमबार सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको छ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज सुन प्रतितोला एक सय रुपैयाँले बढेर दुई लाख १५ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार सुन तोलामा दुई लाख १५ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो। 

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी १० रुपैयाँले बढेर दुई हजार ५७५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ। आइतबार चाँदी दुई हजार ५६५ रुपैयाँमा कारोबार भएको थियो।