काठमाडौँ
००:००:००
२४ जेष्ठ २०८३, आईतवार

२ आश्विन २०८२
अ+
अ-

काठमाडौं। सत्ता परिवर्तनको असर सेयर बजारमा देखिएको छ। जेन–जी आन्दोलनपछि बिहीबार पहिलो पटक खुलेको सेयर बजारमा निरन्तर पहिरो गएको हो।

बिहीबार नेप्सेमा दोस्रो नकारात्मक सर्किट ब्रेक लागेर ४० मिनेटको लागि कारोबार स्थगित भएको छ। दोस्रो सर्किट ब्रेक लाग्दासम्म नेप्से १३३ अंकले घटिसकेको छ।

बिहीबार बजार खुलेको दुई मिनेटमा नै नेप्से ४ प्रतिशत घटेपछि पहिलो नकारात्मक सर्किट ब्रेक लागेर सेयर बजार २० मिनेटको लागि स्थगित भएको थियो।

त्यसपछि ११ बजेर २२ मिनेटमा खुलेको बजारमा कारोबार भएको एक मिनेटमै नेप्से घट्ने क्रम पाँच प्रतिशतमा पुगेको थियो। त्यसपछि दोस्रो नकारात्मक सर्किट ब्रेक लागेको हो।