काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

५ आश्विन २०८२
अ+
अ-

काठमाडौं। स्पेनिस ला लिगाअन्तर्गत रियल म्याड्रिडले इस्पान्योललाई २-० गोलअन्तरले पराजित गरेको छ।

गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले स्पेनियललाई २-० गोल अन्तरले पराजित गरेको हो। रियल म्याड्रिडको जितमा इडर मिलिताओ र किलियन एम्बाप्पेले एक एक गोल गरेका थिए।

५ खेलबाट १५ अंक जोडेर रियल शीर्ष स्थानमै कायम छ। समान खेलबाट १० अंकसहित स्पानयोल चौथोमा छ। मिलिटाओले २२औं मिनेटमा फेडेरिको भलभर्डेको पासमा गोल गर्दै रियललाई अग्रता दिलाएका थिए। त्यसपछि एमबाप्पेले ४७औं मिनेटमा भिनिसियस जुनियरको पासमा गोल गरे।