काठमाडौं। स्पेनिस ला लिगामा रियल म्याड्रिडले सानदार जित निकालेको छ। बुधबार बिहान सकिएको खेलमा रियलले लेभान्टेमाथि ४–१ को जित निकालेको हो।
रियलको जितमा खेलको २८ औं मिनेटमा भिनिसियस जुनिरयले गोल गर्दै सुरुवाती अग्रता दिलाए। ३८ औं मिनेटमा फ्रान्को मास्टान्टुआनोले अग्रता दोब्बर बनाए। पहिलो हाफमा २–० ले अग्रता लिएको रियलविरुद्ध दोस्रो हाफमा लेभान्टाले एक गोल फर्कायो। उसका लागि एट्टा इयोङले ५४ मिनेटमा एक गोल फर्काएका हुन्।
खेलको ६४ मिनेटमा केलियन एमबाप्पेले पेनाल्टी गोल थपे भने ६६ औं मिनेटमा अर्को गोल गरे। दुई मिनेटको अन्तरमा एमबाप्पेले दुई गोल गर्दै अन्तमा ४–१ को शानदार जित निकालेका हुन्। लगातारको जितसँगै रियल तालिकाको शीर्ष स्थानमा छ।