काठमाडौं। आज २०८२ साल असोज ८ गते बुधबार। आश्विन शुक्ल पक्षको तृतीया तिथि। तदनुसार सन् २०२५ सेप्टेम्बर २४ तारिख। नवरात्रको तेस्रो दिन। चन्द्रघण्टा देवीको पूजा। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ।
मेष: लागि आज समय शुभ छ। व्यापार व्यवसायमा लगानी बढाई आम्दानीका स्रोतहरु बढाउन सकिनेछ। साथीभाईसँग भेटघाट र माया प्रेममा आत्मीयता बढ्नेछ। विद्यार्थीहरुले अध्ययनमा सफलता पाउनेछन्। भौतिक सम्पति प्राप्तिको योग रहेकोछ।
बृष: आज समय मध्यम रहनेछ । व्यापार व्यवसायमा लगानी गर्नको लागि उचित समय छैन। प्रेममा अविश्वास तथा धोका हुने सम्भावना रहेकोछ। कामहरु अन्तिम निष्कर्षमा नपुगी बिचमा नै अवरुद्ध हुन सक्छन्, ध्यान दिनुहोला।
मिथुन: व्यापार व्यवसायमा समय दिन सकिने छैन भने सोचे जस्तो आम्दानी नहुदा दैनिक खर्चको लागि समस्या हुन सक्छ। लामो दुरिको यात्रामा पनि समस्या हुने देखिएको छ। समय प्रतिकुल बन्नेछ भने आय आम्दानीका बाटाहरु साँघुरा हुनेछन्।
कर्कट : विवाद तथा प्रतिष्पर्धामा आज भाग नलिनुहोला । व्यापार व्यवसायमा गरिएको लगानीबाट नाफा कमाउन निकै संघर्ष गर्नुपर्ला । सामान्य स्वास्थ्य सम्बन्धि समस्याले सताउनेछ । खर्च बढ्ने हुँदा मन चिन्तित हुनेछ । प्रेममा समेत अविश्वासको वातावरण सिर्जना हुन सक्छ
सिंह: समय निकै महत्वपूर्ण छ। आफन्त तथा साथीभाईबाट सहयोग प्राप्त हुनेछ। व्यापारमा बढोत्तरिको योग रहेकोछ भने थोरै लगानिबाट यथेष्ट लाभ लिन सकिनेछ। प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेको । प्रतिष्पर्धिहरुलाई हराउँदै सकारात्मक नतिजा हात पार्न सकिनेछ।
कन्या : समय राम्रै छ। विभिन्न अवसरहरु आउने हुँदा त्यसलाई प्रयोग गरी मनग्ने आम्दानी गर्न सकिनेछ। छोटो तथा रमाईलो यात्राको सम्भावना रहेको छ भने व्यापारमा प्रशस्त नाफा कमाउन सकिनेछ। दाम्पत्य जीवनमा विश्वासको वातावरण अझ बढेर जानेछ।
तुला : समय मध्यम खालको छ। असजिलो परिस्थितिको सामना गर्नुपर्दा दैनिक कामकाज गर्न गाह्रो हुँनेछ। स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउँन सक्छ ध्यान दिनुहोला। अध्ययनमा रुचि नँजादा अरुभन्दा पछि परिनेछ। कृषि तथा पशुपालन व्यवसायमा भने लगानी बढाई आम्दानी गर्न सकिनेछ।
वृश्चिक: साथीभाई तथा आफन्तबाट विश्वासघात तथा धोका हुनेछ भने स्वास्थ्य सम्बन्धि समस्या आउन सक्छ। राज्य पक्षबाट अनावश्यक झै झमेला आईलाग्न सक्छ। पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिने सम्भावना रहेको छ। व्यवसायमा समय दिएपनि आम्दानी गर्न मुस्किल पर्नेछ।
धनु: समय सामान्य रहला। विद्यामा अरु भन्दा पछि परिने हुँदा मन खिन्न हुँनेछ। समयमा काम नबन्ने तथा बनेको काम बिग्रने हुँदा मनमा निरासा पैदा हुँनेछ। व्यवसायमा लगानी गरेपनि आम्दानी थोरै हुने हुँदा दैनिक गुजारा गर्न गाह्रो हुनेछ। प्रेम जीवनमा पनि असमझदारी आउन सक्छ।
मकर: स्वास्थ्य भरपर्दोे रहनेछ। घर परिवारमा सुखद् समाचारले थप उत्साह जगाउनेछ। विभिन्न किसिमका भौतिक लाभ हुने योग रहेको छ। आम्दानीका स्रोत पहिल्याउन सकिनेछ भने सामाजिक काम गर्दै नाम कमाउन सकिनेछ।
कुम्भ: समय राम्रा छन्। भाग्यले साथ दिनेहुँदा सानो प्रयत्नले कामहरु बन्नेछन्। अध्ययन तथा अनुसन्धानको क्षेत्रमा तपाईकै वर्चस्व रहनेछ। व्यापार व्यवसायमा साथीभाई तथा आफन्तको सहयोग हुनेछ। नयाँ काम पाउँने तथा बढुवा हुँने योग रहेको छ।
मीन: समय भरपर्दो रहनेछ। स्वास्थ्यमा सुधार आउन सक्छ। व्यापार व्यवसायमा नाफा कमाउन सकिनेछ। दाजुभाई तथा साथीहरुसँग राम्रो सम्बन्ध बन्न सक्छ। तपाईको काममा रहेका बाधा तथा अवरोधहरु हट्नेछन्।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।