काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

१२ आश्विन २०८२
अ+
अ-

काठमाडौँको टुँडिखेल छेउमा रहेको महाँकाल मन्दिरको पुननिर्माणको काम धमाधम भइरहेको छ।

१३ सय वर्ष पुरानो इतिहास रहेको यो मन्दिरमा २०७२ सालको भूकम्पले क्षति पुगेको थियो। तर, विभिन्न निकाय र स्थानीय समुदायकाबीच असमझदारीका कारण लामो समयदेखि यो मन्दिर पुननिर्माणको काम अघि बढ्न सकेको थिएन।

मन्दिर पुननिर्माणको लागि काठमाडौँ महानगरपालिकाले गत आर्थिक वर्ष २०८०/८१ मा बजेट विनियोजन गरेर गत वर्षको असारबाट काम थालेको थियो। पुननिर्माण सम्पन्न गर्नका लागि १० करोड पाँच लाख रुपैयाँ लाग्ने बताइएको छ।

तीन आर्थिक वर्षमा यो मन्दिर पुननिर्माणको काम सकिने काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साहले फेसबुक पोस्टमा उल्लेख गरेका छन्। “करिब १३ सय वर्ष पुरानो यो मन्दिर, हिन्दू–बौद्ध आस्था, तान्त्रिक यात्रा र राजकुमारी भृकुटीको कथासँग जोडिएको स्मृति हो”, साहले उल्लेख गरेका छन्।

मन्दिरको संरक्षण र निरन्तरताको लागि मन्दिरको चौघेरा र सत्तल पुननिर्माणको काम भइरहेको उनले बताएका हुन्।

निर्माण सम्पन्न भएपछि भुइँतलामा नौ कोठा, पहिलो तलामा सभाकक्ष र भण्डारण, छानामा परम्परागत बुइँगल र झिँगटी टायल रहने बताइएको छ।