काठमाडौँ । हाल देशभर मनसुनी वायु एवं स्थानीय वायुको समेत प्रभाव कमजोर रहेको छ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार सबै प्रदेशका पहाडी भू–भागमा साधरणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ।
कोशी , बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरू साथै बाँकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा वर्षाको सम्भावना रहेको छ।
तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज राति गण्डकी र सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागमा साधरणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ।
गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा, कोशी , बागमती , लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।