१३ आश्विन २०८२
अ+
अ-

दुबई। भारतले पाकिस्तानलाई ५ विकेटले हराउँदै एसिया कप–२०२५ को उपाधि जितेको छ।

पाकिस्तानले दिएको १४७ रनको लक्ष्य पछ्याएको भारतले १९.४ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पार गर्‍यो।

भारतका तिलक वर्मा उत्कृष्ट खेलाडी बने, उनले ५३ बलमा ३ चौका र ४ छक्कासहित अविजित ६९ रन बनाए। शिबम दुबेको २२ बलमा ३३ रन बनाए।

पाकिस्तानका बलर फहिम अशरफले ४ ओभरमा २९ रन खर्चेर ३ विकेट लिए भने शाहिन शाह अफ्रिदी र अब्रार अहमदले समान १–१ विकेट लिए।

यसअघि टस हारेर ब्याटिङ गरेको पाकिस्तान १९.१ ओभरमा १४६ रनमै अलआउट भयो।

शहिबजादा फरानले ३८ बलमा ५७ रन बनाउँदै टिमलाई राम्रो सुरुवात दिलाए भने फखर जमानले ४६ रन थपे। तर मध्यक्रम र तल्लोक्रम धरासायी हुँदा पाकिस्तान ठूलो योगफल बनाउन असफल रह्यो।