काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

१४ आश्विन २०८२
अ+
अ-

काठमाडौं – दसैं मनाउन साढे पाँच लाख मानिस काठमाडौंबाट बाहिरिएका छन्।

घटस्थापनाको दिनदेखि मंगलबार बिहानसम्म साढे पाँच लाख मानिस काठमाडौंबाट बाहिरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीका अनुसार पाँच लाख ५३ हजार २६१ जनाले काठमाडौं छोडेका छन्। यस्तै, उपत्यकामा दुई लाख ८५ हजार ३०८ जना भित्रिएका छन्।

उपत्यकाबाट बाहिरिनेको संख्या बढेसँगै सडकमा सवारीसाधनको चाप घटेको छ। मुख्य नाका तथा पार्किङहरूमा ट्राफिक प्रहरीको संख्या बढाइएको अधिकारीले बताए।

यात्रुको सहजताका लागि हेल्प डेस्क, सवारी अनुगमन टोली र आपतकालीन उद्धार टोली परिचालन गरिएको छ। मुग्लिन-नारायणगढको पहिरो हटेसँगै दसैं मनाउन जानेहरूलाई सहज भएको छ।