काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

१४ आश्विन २०८२
अ+
अ-

काठमाडौं। हङकङ सिक्सेसमा नेपालसहित १२ राष्ट्र सहभागी हुने भएका छन्।

३३ वर्षको इतिहास बोकेको हङकङ सिक्सेस नोभेम्बर ७ देखि ९ सम्म टिन क्वोङ रोड रिक्रिएसन ग्राउन्डमा हुँदैछ। विश्वकै अनौठो प्रारूपमा खेलिने क्रिकेट प्रतियोगितामा नेपालले गत वर्ष सानदार प्रदर्शन गर्दै सेमिफाइनलसम्म पुगेको थियो। तर, यूएईसँग पाँच विकेटले पराजित भएको थियो।

त्यसअघि नेपालले इङ्ल्यान्डलाई ६ विकेट र अस्ट्रेलियालाई ११ रनले पराजित गर्दै क्वार्टरफाइनलसम्मको स्थान बनाएको थियो। तर, सेमिफाइनल प्रवेशका लागि भएको खेलमा श्रीलंकासँग ४० रनले पराजित भएको थियो। त्यसपछि यूएईसँग दोस्रो प्लेट सेमिफाइनल खेलेको थियो।

यसपल्ट नेपाल समूह ‘ए’ छ। यो समूहमा दक्षिण अफ्रिका र अफगानिस्तान पनि छ। प्रतियोगितामा भारत, पाकिस्तान, अस्ट्रेलिया, इङ्ल्यान्ड, श्रीलंका, बंगलादेश र हङकङ (चीन) जस्ता टोली पनि सहभागी हुनेछन्।