काठमाडौं। नेपालले काभा वुमन्स नेसन्स लिगमा सहभागिता नजनाउने भएको छ।
सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा)ले मंगलबार सार्वजनिक गरेको खेल तालिकामा नेपालको नाम भने छैन। प्रतियोगिता १ देखि ५ अक्टोबरसम्म हुने तय छ।
नेपाल साबिकको विजेता टोली हो। गत वर्ष राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा भएको प्रतियोगितामा नेपालले फाइनलसम्मको यात्राम तय गरेको थियो। तर, उपाधि भिडन्तमा भारतसँग ३–२ को सेटमा पराजित हुँदा उपविजेतामा सीमित भएको थियो।
यसपल्ट नेपालसहित भारतले पनि सहभागिता नजनाउने भएको छ। प्रतियोगितामा घरेलु टोलीसहित इरान, काजकस्तान, ताजकिस्तानले मात्रै सहभागिता जनाउने भएका छन्।