काठमाडौँ
००:००:००
२५ माघ २०८२, आईतवार

१५ आश्विन २०८२
अ+
अ-

काठमाडौं। फिलिपिन्समा ६.९ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तिमा २६ जनाको मृत्यु भएको छ।

फिलिपिन्सको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्ले बुधबार दिएको जानकारी अनुसार फिलिपिन्सको केन्द्रीय क्षेत्रमा राति करिब १० बजे भूकम्प गएको हो।

भूकम्पका कारण विद्युत आपूर्ति बन्द भएको र भवनहरूमा क्षति पुगेको थियो। सेबु प्रान्तीय सरकारले बान्टायनमा एउटा व्यावसायिक भवन र एउटा विद्यालय भत्किएको र धेरै गाउँका सडकहरूमा पनि क्षति पुगेको जानकारी दिएको छ।