काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

१५ आश्विन २०८२
फाइल तस्बिर।
अ+
अ-

काठमाडौं। घटस्थापनायता काठमाडौं उपत्यकाका तीन जिल्लामा ९० वटा दुर्घटना भएका छन्। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनायता आठ दिनमा ती दुर्घटना भएका हुन्।

दुर्घटनामा पाँच जनाको मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीले बताए। ती दुर्घटनामा ८३ जना साधारण घाइते छन्। तीन जिल्ला भक्तपुर, ललितपुर र काठमाडौंमध्ये काठमाडौंमा अत्यधिक सवारीसाधनको चाप हुने गर्छ।