काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

१५ आश्विन २०८२
अ+
अ-

काठमाडौं। बायर्न म्युनिखले च्याम्पियन्स लिगमा साइप्रसको पाफोसविरुद्ध ५–१ को सहज जित निकालेको छ।

मंगलबार राति सम्पन्न खेलमा ह्यारी केनले दुई गोल गर्दा राफाएल गेरेइरो, निकोलास ज्याक्सन र माइकल ओलिसेले एक–एक गोल गरे। खेलमा बायर्नले ६७ प्रतिशत बलमा नियन्त्रण राख्दै २६ प्रहार गरेको थियो। जसमा १५ लक्षित थिए।

एट्लेटिको म्याड्रिडले पनि शानदार प्रदर्शन गर्‍यो। लिगमा रियल म्याड्रिडलाई ५–२ ले हराएपछि च्याम्पियन्स लिगमा जर्मन क्लब आइन्ट्राख्ट फ्राङ्कफुर्टलाई पनि ५–१ ले पराजित गर्‍यो।

एट्लेटिकोका लागि जियाकोमो रसपादोरी, रोबिन ले नर्मान्ड, एन्टोइन ग्रिजमान, जियालियानो सिमियोने र जुलियन अल्भारेजले एक–एक गोल गरे। फ्राङ्कफुर्टका जोनाथन बुरकार्डले सान्त्वना गोल फर्काए।