काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

१५ आश्विन २०८२
अ+
अ-

काठमाडौं । आफ्नो एउटा ट्वीटका कारण बाङ्लादेश क्रिकेटका अलराउण्डर शाकिब अल हसनको खेल जीवन चौपट हुनेभएको छ।

विगत १२ महिनादेखि आफ्नो देशबाट क्रिकेट खेल्न नपाएका शाकिबको विषयमा अन्तरिम सरकारका खेल सल्लाहकार आसिफ महमुदले भनेका छन्– उनी फर्किएर देशका लागि खेल्ने छैनन्।

शाकिब राजनीतिक रूपले पूर्वप्रधानमन्त्री शेख हसीनाको पार्टीमा आवद्ध छन्। उनी आवामी लिगको सांसद पनि थिए। बाङ्लादेशमा विद्यार्थीहरूले गरेको प्रदर्शन र त्यसपछि पूर्वप्रधानमन्त्री हसीनाले देश छोड्नु परेको घटनाले शाकिबलाई पनि देशभित्र बस्न गाह्रो परिरहेको छ।

देशमा आन्दोलन चलिरहँदा उनको घर पनि तोडफोड भएको थियो। उनी हालै सम्पन्न एशिया कपमा पनि टिममा सहभागी थिएनन्। जनीति कारण देशभित्र खेल्न नपाए पनि उनी विदेशी लिगमा भने देखिन्छन् । हाल उनी अमेरिकामा बसिरहेका छन्।

शाकिबले पूर्वप्रधानमन्त्री हसीनाको जन्मदिनमा हालै सोसल मिडियामा एउटा सन्देश पोस्ट गरेका थिए। जसको प्रतिउत्तर दिने क्रममा खेल सल्लाहकार आसिफले कसैको नाम उल्लेख नगर्दै लेखेका छन्– ‘तपाईहरू सबैले एउटा व्यक्तिलाई (टिममा) नफर्काएकोमा मलाई खुब गाली गर्नुभयो । तर, म सत्य थिए । कुरा सक्कियो।’

शाकिबको पोस्ट लगतै आसिफको यो प्रतिक्रिया आएको हो। आसिफको प्रतिक्रियाको तुरुन्त जवाफ दिँदै शाकिबले पनि लेखेका छन्, ‘उसो भए कसैले फैसला गरिसके मैले यही कारण फर्किएर बाङ्लादेशको जर्सी लगाउन पाउने छैन। उनैको कारण बाङ्लादेशबाट पुनः खेल्न पाउने छैन। हुनसक्छ एक दिन म आफ्नो मातृभूमि फर्किन सक्छु। माया गरिरहन्छु बाङ्लादेश।’

आसिफले बाङ्लादेशको एउटा न्युज च्यानललाई दिएको अन्तर्वार्तामा आफूले क्रिकेट बोर्डसँग अपील गर्ने पनि बताएका छन्। उनले शाकिबलाई टिममा नराख्न सुझाव दिने स्पष्ट पारेका छन्।

उनले भने, ‘हामी उनलाई पुनः बाङ्लादेशको झण्डा उठाउन दिने छैनौं। मेरो लागि यो स्विकार्य छैन– उनले पुनः बाङ्लादेशको जर्सी लगाउनु। मैले अहिलेसम्म बोर्डलाई केही भनेको छैन। अब भन्ने छु।’
शाकिबले आफ्नो पोस्टलाई लिएर स्पष्ट पारिसकेका छन्। उनको पोस्ट निजी थियो। राजनीतिक होइन। उनले भनेका छन्– हसीनासँग मेरो सम्बन्ध राजनीतिमा प्रवेश गर्नुअघिको हो। यसै कारण मैले जन्मदिनको बधाई दिएको हुँ। यस बाहेक मेरो कुनै स्वार्थ छैन।