काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

१५ आश्विन २०८२
अ+
अ-

मुम्बई। पाँच वर्ष लामो कानुनी लडाईंपछि अभिनेत्री रिया चक्रवर्तीले सुशान्त सिंह राजपूतको हत्या मुद्दामा आफ्नो पासपोर्ट फिर्ता पाएकी छिन्।

उनीमाथि बलिउड स्टार सुशान्तको हत्याको आरोप लागेको थियो। सन् २००० मा मुम्बईस्थित आफ्नो घरमा मृत अवस्थामा फेला परेका थिए, सुशान्त।

प्रहरीले आफ्नो अध्ययनमा सुशान्तले झुण्डिएर आत्महत्या गरेको दावी गरेको थियो। तर, उनका समर्थक र परिवारले सुशान्तले आत्महत्या नगरेको, उनको हत्या भएको दावी गर्दै आइरहेका थिए।

यो घटनामा उनको प्रेमिका अभिनेत्री रिया चक्रवर्तीलाई दोषी ठानिएको थियो र नार्कोटिक्स विभागले पासपोर्ट आफ्नो नियन्त्रणमा राखेको थियो।

मंगलबार उच्च अदालत मुम्बईले नार्कोटिक्स विभागलाई रियाको पासपोर्ट फिर्ता गर्न आदेश दिएको छ।

सुशान्तको हत्या काण्डमा रियालाई लागुऔषध मुद्दामा पक्राउ पनि गरिएको थियो। तर, उनलाई पासपोर्ट बुझाउने सर्तमा एक महिनापछि जमानत दिइएको थियो।