१६ आश्विन २०८२
फाइल फोटो
अ+
अ-

काठमाडौँ। लगातार वर्षा र पहिरोका कारण कोशी र बागमती प्रदेशका चारवटा प्रमुख सडक खण्ड आवागमन पूर्ण रूपमा अवरुद्ध भएका छन् ।

कोशी प्रदेशमा संखुवासभाको भोटखोला गाउँपालिका–४, बरुण क्षेत्रमा जेठ ६ गतेदेखि र मकालु गाउँपालिका–३, एकुवामा भदौ १५ गतेदेखि कोशी राजमार्ग बन्द छ ।

यस्तै, बागमती प्रदेशको रसुवा जिल्लामा पनि यातायात ठप्प भएको छ । गोसाइँकुण्ड गाउँपालिका–२ मा असार २४ गतेको बाढीले नेपाल–चीन जोड्ने पुल भत्काएपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।

त्यस्तै, सोही गाउँपालिकाको पासाङ ल्हामु सडक खण्ड असार १६ गतेदेखि गएको पहिरोले अवरुद्ध बनेको छ ।