काठमाडौं। इलाममा पहिरो जाँदा मृत्यु हुनेको संख्या २८ पुगेको छ। शनिबार र आइतबारको अविरल वर्षापछि इलामका सात वटा पालिकामा पहिरो गएको छ।
सशस्त्र प्रहरीका अनुसार इलामको सन्दकपुर गाउँपालिकामा पहिरो जाँदा तीन जनाको मृत्यु भएको छ। सशस्त्र प्रहरी बलका प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार आइतबार बिहान पहिरो जाँदा उक्त गाउँपालिकामा तीन जनाको मृत्यु भएको हो।
यसअघि अविरल वर्षापछि पहिरो जाँदा माइजोगमाई गाउँपालिकामा ८, इलाम नगरपालिकामा ६, सूर्योदय नगरपालिकामा ५, माङसेबुङ गाउँपालिकामा ३, देउमाई नगरपालिकामा २ र फाकफोकथुम गाउँपालिकामा १ जनाको मृत्यु भएको थियो।
इलाम नगरपालिकामा गएको पहिरोमा घाइते भएका दुई जनालाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी उपचारको लागि विराटनगर लगिएको छ।
