काठमाडौँ। गृह मन्त्रालयले बर्षाको प्रभावमा नरहेको जिल्लाहरुमा सार्वजनिक कार्यालय खोल्न भनेको छ।
मन्त्रालयले आइतबार सबै जिल्ला प्रशासन कार्यालयहरूलाई परिपत्र गर्दै विपद प्रतिकार्यमा संलग्न नरहेको जिल्लाहरुमा सार्वजनिक सेवा सुचारु गर्न गराउन निर्देशन दिएको हो।
शनिबार र आइतबार अतिभारी वर्षा भएपछि गृह मन्त्रालयले सोमबारसम्म सार्वजनिक विदा दिएको थियो।
मौसम सुधार हुँदै गएपछि मन्त्रालयले प्रतिकार्यमा संलग्न नरहेका जिल्लामा सार्वजनिक सेवा थाल्न भनेको हो।
