काठमाडौँ
००:००:००
२६ कार्तिक २०८२, बुधबार

२४ आश्विन २०८२
अ+
अ-

काठमाडौं । निर्वाचनमा जान नेपाली कांग्रेस डराउन नहुने मत बढेको छ। शुक्रबारको कार्यसम्पादन समिति बैठकबाट बाहिरिने क्रममा नेपाल न्युजसँग कुरा गर्दै नेता अर्जुननरसिंह केसीले कांग्रेस चुनावको तयारीमा जुट्नुपर्ने बताए।

उनले आफू संसद् पुनःस्थापनको पक्षमा नरहेको भन्दै कांग्रेस पनि त्यसतर्फ लाग्न नहुने धारणा राखे। आफूले बैठकमा सोही मत राखेको भन्दै उनले कांग्रेस घोषणा भएको निर्वाचनको तयारीमा जुट्नुपर्ने बताए।

‘संसद् पुनःस्थापन भोलि परिस्थितिले बाध्य भए मेरो आपत्ति छैन। तर, हाम्रो सम्पूर्ण ध्यान निर्वाचनमा हुनुपर्छ। हामी निर्वाचन सँग डराएका छैनौ भन्ने सन्देश दिनुपर्छ,’ उनले भने।

नेता केसीले निर्वाचनले मात्र अहिलेको परिस्थिति र जेनजी विद्रोहको यथार्थ सम्मान हुने पनि बताए।