२४ आश्विन २०८२
फाइल तस्वीर
अ+
अ-

काठमाडौँ। काठमाडौँ जिल्ला प्रशासन कार्यालयले एमालेनिकट युवा संघलाई मोटरसाइकल र्‍याली निकाल्न रोक लगाएको छ।

शुक्रबार प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले सूचना जारी गर्दै मोटरसाइकल र्‍याली निकाल्न अनुमति नदिने निर्णय भएको बताए। २५ असोजमा युवा संघले एकताको सन्देश दिने भन्दै काठमाडौंमा मोटरसाइकल र्‍याली निकाल्ने तयारी गरेको थियो।

“फरक-फरक समूहले काठमाडौँमा मोटरसाइकल र्‍याली र सभा गर्ने सूचना आएको छ। र्‍याली, जुलुस, प्रदर्शनजस्ता कार्यक्रम गर्न कोही कसैलाई पनि स्वीकृति प्रदान नगर्ने भनी निर्णय भएको छ,” पौडेलले भने।

त्यस्ता समूहहरूबाट हुने र्‍याली, जुलुस, धर्ना, सभा र प्रदर्शनजस्ता गतिविधिले सुरक्षा चुनौती बढाउन सक्ने र आम नागरिकलाई सुरक्षाको प्रत्याभूति गराउने कार्यमा थप जटिलता हुन जाने प्रशासनले जनाएको छ।