२५ आश्विन २०८२
प्रतीकात्मक तस्बिर।
अ+
अ-

काठमाडौं। कान्तिपुर भेट डिस्ट्रिब्यूटर्स प्रालिका सञ्चालक अध्यक्ष सुना सुवेदी पक्राउ परेकी छिन्। केन्द्रीय अनुसन्धान ब्युरो लाजिम्पाटको टोलीले शुक्रबार सुवेदीलाई काठमाडौं-३१ शंखमुलबाट पक्राउ गरेको हो।

लिखत सम्बन्धी कसुरको अनुसन्धान सिलसिलामा सुवेदीलाई पक्राउ गरिएको ब्युरोका सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले बताए।

उक्त कम्पनीले पशुजन्य सामग्री आयात गर्ने गरेको थियो। उक्त कम्पनीले पशु सेवा विभाग अन्तर्गत आयात-निर्यात सिफारिस, पशुजन्य उद्योग स्थापना, बिक्री वितरण सम्बन्धी अनुमति सम्बन्धी कागजात किर्ते गरेको पाइएको श्रेष्ठले बताए।

उक्त कम्पनीले कृषि तथा पशुपन्छी विकास मन्त्रालय, पशु सेवा विभाग, राष्ट्रिय पशु आहारा तथा लाइभष्टक गुण व्यवस्थापन प्रयोगलालाले जारी रेको पशुपन्छीको फिड सप्लिमेन्ट, प्रोवायोटिक्स, भिटामिन, मिनरल, टक्सिन वाइन्डर, भन्सार शुल्क लाग्ने गरी आयात गर्न दिइएको सिफारिस पत्र किर्ते गरेको भेटिएको श्रेष्ठले बताए।

ती सिफारिस पत्र किर्ते गरी उक्त कम्पनीले नेपालमा दर्ता नभएका फ्लोकुर, फ्लोरलुटिन, बिनोडक्स, लेभोफ्लोक्स बीएच, पिपेराजिनलायत औषधीहरू आयात गर्ने गरेको पाइएको छ।

उक्त कम्पनी र सञ्चालकबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।