काठमाडौं। भारतको राजस्थानको जैसलमेरबाट जोधपुर जाँदै गरेको एसी बसमा अचानक आगलागी हुँदा २० यात्रुको मृत्यु भएको छ।
दुर्घटनापछि मुख्यमन्त्री भजनलाल शर्मासँगै घटनास्थल पुगेका विधायक प्रताप पुरीले सञ्चारमाध्यमलाई जनाएअनुसार बसबाट १९ जनाको शव निकालिएको छ। जोधपुर रिफर गरिएका एक घाइतेको पनि मृत्यु भएको छ।
सरकारले क्षतिपूर्ति दिने
प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘राजस्थानको जैसलमेरमा भएको दुर्घटनामा ज्यान गुमाउनुपरेकामा म दु:खी छु। यस कठिन समयमा प्रभावित व्यक्तिहरू र उनीहरूका परिवारसँग मेरो समवेदना छ। म घाइतेहरूको शीघ्र स्वास्थ्यलाभका लागि प्रार्थना गर्दछु।’
उनले प्रत्येक मृतकका आफन्तलाई दुई लाख रुपैयाँ र घाइतेहरूलाई प्रधानमन्त्री राहत कोषबाट ५० हजार रुपैयाँ क्षतिपूर्ति दिने घोषणा पनि गरे।
जैसलमेरबाट जोधपुर जाँदै गरेको निजी एसी बसमा मंगलबार दिउँसो अचानक आगलागी हुँदा धेरै यात्रु जलेका छन्। प्राथमिक उपचारपछि सबैलाई जैसलमेरबाट जोधपुर रिफर गरिएको थियो। यात्रुवाहक बस पूर्ण रूपमा जलेर खरानी भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।