काठमाडौं। नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बिहान ११ बजे ललितपुरमा बस्ने तय भएको छ ।
बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक प्रतिवेदन, राजनीतिक प्रस्ताव तथा विविध विषयमा छलफल गर्ने कार्यसूची रहेको पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए ।
बैठकमा पार्टीको आगामी राष्ट्रिय महाधिवेशनका बारेमा पनि छलफल हुने बताइएको छ ।