चितवन। पर्यटक बसले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ ।
नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ग.२०प ८५५९ नम्बरको स्कुटरलाई विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०१-००१ प १६८४ नम्बरको पर्यटक बसले बिहीबार ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको हो ।
मृत्यु हुनेमा गोरखा साबिक छोप्राक गाविस २ का ४० वर्षीय दामोदर घिमिरे रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक खनालले जानकारी दिए।
घिमिरेको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । स्कुटरलाई ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।