३१ आश्विन २०८२
अ+
अ-

काठमाडौँ। राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को आंशिक र ग्रेड वृद्धि परीक्षाको नतिजा सार्वजनिक गरेको छ।

बोर्डले आज सूचना प्रकाशित गर्दै गएको जेठ १३ गतेदेखि २१ गतेसम्म सञ्चालन भएको कक्षा ११ का पुराना आंशिक र ग्रेड वृद्धि परीक्षार्थीको परीक्षाफल प्रकाशित भएको जानकारी दिएको हो।

नतिजा अनुसार कूल १४ हजार ९ सय १० विद्यार्थी सहभागी भएकोमा ९ हजार ४५६ जना विद्यार्थी उत्तीर्ण भएका छन्। २ जनाको परीक्षा रद्द गरिएको छ।

त्यसमध्ये पुरानो आंशिकतर्फ पाँच हजार नौसय १६ र ग्रेडवृद्धि तर्फ तीन हजार पाँचसय ३० गरि कुल नौ हजार चारसय ५६ जना विद्यार्थी सबै विषयमा उत्तीर्ण भएका छन्। यो परीक्षामा समग्रमा ६३ दशमलव ४२ जना विद्यार्थी उत्तीर्ण भएका बोर्डले जनाएको छ।