काठमाडौँ
००:००:००
२३ कार्तिक २०८२, आईतवार

१ कार्तिक २०८२
अ+
अ-

काठमाडौं। आईसीसी विश्व क्रिकेट लिग-२ अन्तर्गत यूएई र अमेरिकासँगको एकदिवसीय शृंखलाका लागि नेपाली टोलीको घोषणा भएको छ।

शनिबार नेपाल क्रिकेट संघ (क्यान) ले फेसबुकमार्फत युएईमा हुने शृंखलाका लागि १५ सदस्यीय टोली सार्वजनिक गरेका हुन् ।

ट्वान्टी-२० राष्ट्रिय टोलीबाट तीन खेलाडी फेरिएका छन् । मुख्य प्रशिक्षक स्टुअर्ट लले सन्दीप जोरा, लोकेश बम र मोहम्मद आदिल आलमलाई प्रतिस्थापन गर्दै अनिल शाह, भीम सार्की र साहब आलमलाई टोलीमा बोलाएका छन् ।

नेपालले पहिलो खेल २६ अक्टोबरमा अमेरिकासँग खेल्नेछ भने ३० अक्टोबरमा यूएईसँग, १ नोभेम्बरमा अमेरिका अनि ५ नोभेम्बरमा यूएईसँग खेल्नेछ ।

नेपाली टोलीः
रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, सन्दीप लामिछाने, करण केसी, सोमपाल कामी, नन्दन यादव, ललित राजवंशी, अनिल साह, आरिफ शेख, भीम सार्की, गुलसन झा, शाहब आलम