काठमाडौँ। चेल्सीले इङलिश प्रिमियर लिग अन्तर्गत नोट्टीङघम फोरेस्टलाई पराजित गरेको छ।
शनिबार सम्पन्न खेलमा चेल्सीले नोट्टीङघमलाई ३-० गोल अन्तरले पराजित गरेको हो।
फरेस्टको मैदानमा भएको खेलमा चेल्सीका लागि जोसुअ अचेमपोङले ४९औं, पेड्रो नेटोले ५२औं र रिस जेम्सले ८४औं मिनेटमा गोल गरे।
मालो गुस्तोले ८७औं मिनेटमा रातो कार्ड पाएपछि फरेस्टले दश खेलाडीमा रहेर खेलको अन्त्य गरेको थियो।
यो जितपछि चेल्सी ८ खेलमा १४ अंकसहित चौथो स्थानमा उक्लिएको छ । त्यस्तै नोट्टीङघमको भने ८ खेलमा ५ अंक रहेको छ र हाल लिगमा १७औं स्थानमा रहेको छ ।