काठमाडौँ। इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले लिभरपुललाई हराएको छ। गएराति भएको खेलमा युनाइटेडले लिभरपुललाई २–१ गोलले हरायो ।
म्यानचेस्टर युनाइटेडले खेलको दोस्रो मिनेटमै म्बेउमोकाे गोलमा अग्रता लिएको थियो। तर लिभरपुलका लागि कोडी गाक्पोले खेलको ७८औं मिनेटमा बराबरी गोल फर्काएका थिए। पछि, युनाइटेडका लागि ह्यारी म्याग्वायरले ८४औं मिनेटमा निर्णायक गोल गर्दै टोलीलाई २-१ को जित दिलाए।
लिभरपुलको घरेलु मैदान एनफिल्डमा म्यानचेस्टर युनाइटेडले २०१६ पछि पहिलो पटक यो जित हासिल गरेको छ ।
याे जितसँगै युनाइटेड नवौँ स्थानमा उक्लेको छ। युनाइटेडले आठ खेलमा चार खेलमा जित, एक खेलमा बराबरी र ३ खेलमा हार व्यहोरेको छ।लिगमा तेस्रो हार व्यहोरेको लिभरपुल ५ खेलमा जितसहित १५ अंकमा चौथो स्थानमा छ।