४ कार्तिक २०८२
प्रतीकात्मक तस्बिर।
अ+
अ-

चितवन। चितवनका दुई अलग-अलग स्थानमा जुवा खेलिरहेका २१ जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरुको साथबाट प्रहरीले साढे ३ लाख नगद पनि बरामद गरेको छ।

चितवनको खैरहनी नगरपालिका ११ बस्ने ५६ वर्षीय एकबहादुर भण्डारीको घरमा जुवा खेलिरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको टोलीले सोमबार राति छापा मारी भण्डारीसहित ११ जनालाई नियन्त्रणमा लिएको हो। उनीहरूबाट नगद एक लाख ५० हजार ७२० रुपैयाँ र पाँच बुक तास बरामद भएको प्रहरी उपरीक्षक गोविन्द पुरीले जानकारी दिए।

पुरीका अनुसार भरतपुर महानगरपालिका १० स्थित ओदान रेस्टुरेन्टमा जुवा खेलिरहेको अवस्थामा रेस्टुरेन्टका सञ्चालक वासु रिमालसहित १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको टोलीले उनीहरूबाट नगद दुई लाख ११ हजार २१० रुपैयाँ र एक बुक तास बरामद गरेको छ।

प्रहरीले पक्राउ परेकामाथि जुवा ऐनअन्तर्गत कारबाही अघि बढाइएको जनाएको छ।