रौतहट। रौतहटको गरुडा नगरपालिका–८ बिर्ता बजारस्थित एक कपडा पसलमा सोमबार राति आगलागी हुँदा करिब ४० लाख रुपैयाँ बराबरको क्षति भएको छ।
इलाका प्रहरी कार्यालय गरुडाका अनुसार राति करिब ९ बजेर ५० मिनेटमा केदारनाथ साहको पक्की घरभित्र रहेको बिगन साहको कपडा पसलमा आगो लागेको हो।
आगो तीव्र गतिमा फैलिँदा पसलभित्रका सबै कपडा र सामग्री जलेर नष्ट भएका छन्। पसलधनी साहका अनुसार आगलागीबाट करिब ४० लाख रुपैयाँ बराबरको क्षति पुगेको अनुमान गरिएको छ।
स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा ल्याइएको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुमानअनुसार विद्युत लाइनमा सर्टसर्किट भएर आगो लागेको बताइएको छ।