काठमाडौं। नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता नतिरेका ६ उद्योगमा लाइन काटेको छ।
प्राधिकरणले मंगलबार बिहानैबाट ६ वटा उद्योगमा लाइन काटेको हो । सुरुमा सबैभन्दा धेरै बक्यौता रहेका उद्योगको लाइन काटेको प्राधिकरणले बताएको छ।
विद्युत प्राधिकरणका अनुसार, जगदम्बा स्टिल, रिलायन्स स्पेनिङ मिल्स, शिवम सिमेन्ट, घोराही सिमेन्ट, अर्घाखाची सिमेन्ट र त्रिवेणी स्पेनिङ मिल्सको लाइन काटिएको काटेको हो।
बक्यौता नतिर्ने अरु उद्योगकाे पनि क्रमशः लाइन काट्दै जाने र पैसा तिरेकाे अवस्थामा तत्कालै लाइन जाेड्ने प्राधिकरणले बताएको छ।