७ कार्तिक २०८२
अ+
अ-

काठमाडौँ।  गायिका नितु पौडेलको निधन भएको छ। शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेकी पौडेललको ३० वर्षीया वर्षीया पौडेलको उपचारको क्रममा कीर्तिपुर वर्न अस्पतालमा शुक्रबार बिहान मृत्यु भएको हो।

उनको मृत्युपछि दाजु गणेशले गायक बाबुल गिरीविरुद्ध आत्महत्या दुरुत्साहनमा जाहेरी दिएका छन्। जिल्ला प्रहरी परिसरले जाहेरी अघि बढाएको छ।

“जाहेरी अगाडि बढेको छ, दर्तापछि आवश्यक कानुनी प्रक्रियामा जान्छ,” जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले भने। शनिबार अनामनगरस्थित यम तिलक स्टुडियोमा पौडेलले शरीरमा पेट्रोल खन्याएर आगो लगाएकी थिइन्।

पौडेलको शरीरको ६० प्रतिशत भाग जलेको थियो। गायिकाले आत्मदाहको प्रयास गरेपछि गिरीलाई प्रहरीले बोलाएको बखत उपस्थित हुने सर्तमा छोडेको थियो।

पौडेलले शरीरमा आगो लगाएपछि गिरीले निभाउने प्रयास गरेको देखिएको प्रहरीको दाबी छ। यसक्रममा उनी सामान्य घाइते भएका थिए। हात र खुट्टामा सामान्य चोट लागेका गिरी भने उपचारपछि फर्किसकेका छन्।

गिरी-पौडेलबीच के विवाद भयो र घटना घट्यो स्पष्ट खुलिसकेको छैन। सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-६ का ३३ वर्षीय गिरी अनामनगरमा स्टुडियो सञ्चालन गरिरहेका छन्। ३० वर्षीया पौडेल काठमाडौँ नागार्जुनकी हुन्। उनीहरूबीचको विवाद खुल्न सकेको छैन।