राजविराज। छठ पर्व मनाउने क्रममा पोखरीमा डुबेर एकजनाको मृत्यु भएको छ।
सप्तरीको कञ्चनरूप नगरपालिका ९, डिठास्थित पोखरीमा डुबेर स्थानीय ५० वर्षीय सुरज रामको आज (मंगलबार) मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
छठ पर्वमा आज उदाउँदो सूर्यलाई अर्घ्य दिइरहेको अवस्थामा पौडी खेल्ने क्रममा राम पोखरीमा डुबेर बेपत्ता भएका थिए। स्थानीय र प्रहरीको सहयोगमा खोजी गर्दा उनलाई मृत फेला पारिएको थियो।