काठमाडौं। काठमाडौँ महानगरपालिकाले सात दिनभित्र अतिक्रमित जग्गा तथा मापदण्ड विपरीतका संरचना खाली गर्न अनुरोध गरेको छ।
दुई संस्थाको २ असोजमा बसेको संयुक्त बैठकले सार्वजनिक सम्पत्ति र जग्गा संरक्षणका लागि तत्काल कदम चाल्ने निर्णय गर्दै अत्यन्त जरुरी सूचना जारी गरेको हो।
सूचनाअनुसार स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद ७ र दफा ४५ विपरीत भवनजन्य संरचना निर्माण गर्न नपाइने र सो ऐनको दफा ९७ अनुसार सार्वजनिक सम्पत्ति संरक्षण तथा व्यवस्थापन गर्ने दायित्व स्थानीय तहको भएकाले, ऐनविपरीत बनेका संरचना सात दिनभित्र स्वतः हटाउन आग्रह गरिएको छ।