काठमाडौँ
००:००:००
२७ कार्तिक २०८२, बिहीबार

१५ कार्तिक २०८२
अ+
अ-

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठक भक्तपुरस्थित गुण्डुमा जारी छ।

एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीका अनुसार बैठक पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बैठक सुरु भएको छ।

उनले आजको बैठकमा आगामी ११ औं राष्ट्रिय महाधिवेशनको तयारी र संसद् पुनःस्थापनाका लागि जनपरिचालन गर्ने सम्बन्धमा बैठक केन्द्रित हुने बताए। एमालेले आगामी मङ्सिर २७ देखि २९ गते पोखरामा ११औं महाधिवेशन गर्ने निर्णय गरिसकेको छ।

यस्तै आजको बैठकले महाधिवेशन प्रतिनिधि छनोट मापदण्ड बनाउनुका साथै महाधिवेशन सम्पन्न गर्न विभिन्न उपसमिति गठन गर्नेछ।