काठमाडौँ
००:००:००
१० श्रावण २०८३, आईतवार

१० श्रावण २०८३
अ+
अ-

काठमाडौँ। नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको छैटौँ बैठक आज बसेको छ।

पार्टी केन्द्रीय कार्यालयका अनुसार बैठकमा प्रतिष्ठानका पदाधिकारी तथा सदस्यहरूलाई अनिवार्य रूपमा उपस्थित हुन निर्देशन दिइएको छ। बैठकमा बीपी स्मृति दिवसका अवसरमा सम्पन्न वृक्षरोपण तथा अन्य कार्यक्रमहरूको समीक्षा गरिने कार्यसूची रहेको छ।

यस्तै, प्रतिष्ठानअन्तर्गत रहेका उपसमितिहरूले आफ्नो कार्ययोजना प्रस्तुत गर्नेछन्। आवश्यकताअनुसार थप उपसमिति विस्तार गर्ने विषयमा पनि छलफल हुने जनाइएको छ।

बैठकमा समसामयिक राजनीतिक विषयवस्तु तथा विविध एजेन्डामाथि समेत छलफल हुने कार्यसूची रहेको नेपाली कांग्रेसले जनाएको छ।

तस्बिरहरु- नेपाल फोटो लाइब्रेरी