१६ कार्तिक २०८२
निर्वाचन आयोगबाट दलको आधिकारिकताको प्रमाणपत्र लिएपछि समर्थकहरूमाझ हर्क साम्पाङ। तस्बिर : सफल प्रकाश श्रेष्ठ/नेपाल फोटो लाइब्रेरी
अ+
अ-

काठमाडौँ। धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको दललाई निर्वाचन आयोगले मान्यता दिएको छ। साम्पाङको श्रम संस्कृति पार्टीलाई आयोगले आइतबार आधिकारिकता दिएको हो।

पार्टीको आधिकारिकता ग्रहण गर्न साम्पाङ आफैँ आयोगमा उपस्थित भएका छन्। साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीको चुनाव चिह्न माटो राखिएको छ।

साम्पाङले गत १२ असोजमा आयोगमा दल दर्ताको निवेदन दिएका थिए।